काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार ८९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । ५ हजार १७० जनाकाे पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
यस्तै आज १ हजार ५३४ जना निको भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काेराेना संक्रमणबाट थप २० जनाकाे मृत्यु भएकाे छ । देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ जना रहेका छन् ।
याेसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६९ हजार २७१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ भने ७ लाख २७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् ।
कोरोनाका बिरामीमध्ये ५२३ जना आईसीयू र १६२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।






