मेष राशि
पढाइ तथा कार्य क्षेत्रमा रुचि बढ्नेछ र सहयोगीबाट साथ मिल्नेछ। आयआर्जनमा सामान्य बाधा आउन सक्छ। पारिवारिक भ्रमणले मन प्रसन्न बनाउनेछ। स्वास्थ्यमा कानसम्बन्धी समस्या देखिन सक्छ। वैदेशिक रोजगारीको अवसर मिल्नेछ। दाम्पत्य जीवन सुखद् रहनेछ। साताको अन्त्यतिर केही समस्याको समाधान निस्कनेछ।
वृष राशि
कार्य क्षेत्रमा सुधार आउनेछ। विद्यार्थीका लागि अध्ययनमा सफलता मिल्ने समय छ। इष्टमित्र तथा साथीभाइसँगको भेटघाट सुखद् रहनेछ। जग्गासम्बन्धी काममा लाभ मिल्न सक्छ। नयाँ काम सुरु गर्दा भने सोचविचार आवश्यक छ। आध्यात्मिक तथा सामाजिक गतिविधिमा रुचि बढ्नेछ।
मिथुन राशि
वैदेशिक यात्राको अवसर मिल्न सक्छ। आर्थिक आम्दानीका नयाँ बाटा खुल्नेछन्। स्वास्थ्यमा सामान्य समस्या आउन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोला। नयाँ काममा केही अवरोध आए पनि साथीभाइको सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा सफलता मिल्ने योग छ। विद्यार्थीका लागि समय अनुकूल रहनेछ।
कर्कट राशि
अग्रजको सुझावअनुसार अघि बढ्दा कार्यमा सफलता मिल्नेछ। अध्ययन तथा सामाजिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। व्यवसायीका लागि लाभको समय छ। उच्च पदस्थ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ। कार्यक्षेत्रमा केही मतभेद भए पनि साताको अन्त्यतिर मानसिक शान्ति र आर्थिक लाभ प्राप्त हुने देखिन्छ।
सिंह राशि
नयाँ सवारी साधन जोड्ने योग छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ भने आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। वैदेशिक रोजगारीमा राम्रो अवसर मिल्न सक्छ। पुरानै कामबाट अपेक्षित लाभ प्राप्त हुनेछ। ठूला निर्णयमा भने हतार नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, तर दाम्पत्य जीवन सुखद् रहनेछ।
कन्या राशि
दाम्पत्य जीवन सुखमय रहनेछ। आध्यात्मिक तथा सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ। उच्च व्यक्तिसँग भेटघाट भए पनि केही मतभेद हुन सक्छ। सामाजिक पद तथा प्रतिष्ठा प्राप्त हुने योग छ। विद्यार्थीका लागि अध्ययन र लेखनमा सफलता मिल्नेछ। व्यवसायीले लाभ लिन सक्नेछन्। परिवारमा अग्रजको स्वास्थ्यले भने केही चिन्ता दिन सक्छ।
तुला राशि
अध्ययनमा सफलता मिल्नेछ। धार्मिक गतिविधिबाट मानसिक शान्ति प्राप्त हुनेछ। घरजग्गासम्बन्धी काममा सुधार आउनेछ। वरपरका व्यक्तिसँग सामान्य मतभेद हुन सक्छ। स्वकार्यमा सफलता मिल्ने भए पनि स्थानान्तरणमा ढिलाइ हुन सक्छ। राजनीतिमा सफलता मिल्ने योग छ। राम्रो कार्यसम्पादनका कारण सम्मान वा पदोन्नतिको अवसर मिल्न सक्छ।
वृश्चिक राशि
सवारी साधन खरिद तथा जग्गासम्बन्धी कारोबारमा लाभ मिल्न सक्छ। पुराना प्रियजनसँग भेटघाट हुनेछ। स्वास्थ्यमा पेटसम्बन्धी समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउनुहोला। प्रेम सम्बन्धमा सामान्य उतारचढाव आउन सक्छ। साझेदारी काममा सतर्क रहनु राम्रो हुनेछ। शिक्षा तथा सामाजिक प्रतिष्ठामा भने सफलता मिल्ने योग छ।
धनु राशि
महत्त्वपूर्ण कामप्रति रुचि बढ्नेछ। दाम्पत्य तथा पारिवारिक सम्बन्ध सुमधुर रहनेछन्। प्रेम सम्बन्धमा कार्यसिद्धि हुने योग छ। पुराना मित्रबाट आर्थिक सहयोग वा लाभ मिल्न सक्छ। काम गर्दा हतार नगर्नुहोला। सवारी साधन प्रयोगमा सावधानी आवश्यक छ। अध्ययन तथा कार्यक्षेत्रमा सुधार आउनेछ र दाजुभाइसँगको सम्बन्ध पनि राम्रो बन्नेछ।
मकर राशि
जग्गाजमिनसम्बन्धी कामबाट लाभ मिल्नेछ। अध्ययन तथा अध्यापनमा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा शिरसम्बन्धी सामान्य समस्या आउन सक्छ। नयाँ व्यवसाय सुरु गर्ने योजना सफल हुन सक्छ। सहकर्मीबाट राम्रो सहयोग मिल्नेछ। साताको अन्त्यमा आर्थिक लाभको सम्भावना छ। पारिवारिक सुखसँगै धार्मिक कार्यप्रति रुचि बढ्नेछ।
कुम्भ राशि
सामाजिक पद तथा प्रतिष्ठा प्राप्त हुने योग छ। घरमा नयाँ तथा शुभ वस्तु खरिद हुन सक्छ। साथीभाइसँगको भ्रमणले मन प्रसन्न बनाउनेछ। नयाँ जागिर तथा वैदेशिक रोजगारीको अवसर मिल्ने देखिन्छ। दाजुभाइ तथा इष्टमित्रको सहयोग प्राप्त हुनेछ। कार्यक्षेत्रमा लाभ मिल्नेछ भने दाम्पत्य जीवन पनि सुखद् रहनेछ।
मीन राशि
कार्यक्षेत्रबाट आर्थिक लाभ प्राप्त हुने योग छ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। हाइड्रो तथा विद्युत् क्षेत्रमा लगानीबाट लाभ मिल्ने संकेत छ। वैदेशिक यात्रामा केही ढिलाइ हुन सक्छ। साझेदारी व्यवसायबाट राम्रो फल प्राप्त हुनेछ। सवारी यात्रामा सावधानी अपनाउनुहोला। प्रेम सम्बन्धका कारण पारिवारिक मतभेद आउन सक्छ, तर सहकर्मीको सहयोग र अध्ययनमा सफलता मिल्नेछ।




