जब टन्सिलाइटिस नामक ग्रन्थीमा संक्रमण हुन्छ, घाँटी भित्र घाउ भएको वा सुन्निएको अनुभव गर्छौं । त्यसलाई नै टन्सिल भनिन्छ । यस्तो अवस्थामा खानपिन गर्न समस्या हुन्छ । खानपिन गर्न मात्र होइन, थुक निल्न पनि कठिन हुन्छ । त्यो भन्दा अर्को कठिनाइ हो, टन्सिलाइटिस ग्रन्थीमार्फत हानिकारक ब्याक्टेरिया शरीरभित्र पुग्छ ।
टन्सिल जुनसुकै उमेर समुहका मानिसहरुलाई पनि लाग्न सक्छ । टन्सिल हुँदा घाँटी दुख्ने , थुक निल्दा वा खाना खाँदा अफ्ठयारो हुने , ज्वरो आउने जस्ता समस्या उत्पन्न हुन्छन् । टन्सिल निकाे पार्न तातो पानीले कुल्ला गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । पानीलाई मनतातो बनाएर त्यसमा अलिकति नून हाल्ने । र, त्यसले दिनमा तीन-चार पल्ट कुल्ला गरौं । नूनिलो पानीले कुल्ला गर्दा टन्सिल सुन्निन कम हुन्छ र दुखाईमा पनि राहत मिल्छ । ताताेपानी पनि नियमित सेवन गर्नुपर्छ ।
तातो पानीमा प्याजको रस मिलाएर घाँटीमा कुल्ला गरेमा आराम मिल्नुका साथै यस समस्याबाट छुटकारा पाउन सकिन्छ । प्याजलाई पिसेर जुस निकालेर एक कप मनतातो पानीमा मिलाएर घाँटीमा गार्गेलिङ गर्नु पर्छ । नियमित रुपमा नुन हालेको मनतातो पानीले गार्गेलिङ गर्नुपर्छ । जसले गलामा आराम मिल्छ ।
अदुवा, इलायची र मरिचको चियाले गलाको खराशमा आराम मिल्छ । प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन गर्ने फ्रिजको वा अन्य कुनैपनि चिसो चिजको सेवन गर्नु हुँदैन ।
टन्सिल भएको अवस्थामा तुलसी चपाउनुपर्छ, राहत मिल्छ । साथै यसलाई पानीमा उमालेर पनि पिउन सकिन्छ । पानी पिइसकेपछि बाँकी रहेको पात पनि चपाउनुपर्छ । दालचिनीमा दुखाई कम गर्ने तथा महमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसैले यी दुवै टन्सिलमा फाइदाजनक हुन्छन् । दालचिनीलाई एक चम्चा महमा मिसाएर दिनमा तीन पटक सेवन गरौं । यसबाट दुखाई भाग्छ र सुन्निन पनि कम हुन्छ ।
टन्सिलको समस्या प्राय औधि चिसो वा गर्मी चिज खानाले हुन्छ । त्यसैले टन्सिल भएको छ भने चिसो कुरा खान बन्द गरौं । यस्ता फल र आहारबाट बच्नुस जुन पेटभित्र गएपछि चिसो हुन्छ । यसका अलावा अत्यधिक तेल, मसला र खुर्सानीवाला खानाबाट पनि टाढै रहनुपर्छ ।






