एजेन्सी । कलाकार सिद्धार्थ शुक्ला बिग बोस सिजन १३ का विजेता थिए। उक्त शो मा उनले दर्शकको मन जितेर सफलता प्राप्त गरे। त्यसपछि उनी बिग बोस सिजन १४ मा पनि देखिएका थिए। उनले अभिनेत्री हिना खान र गौहर खानसँगै सिनियरको रुपमा इन्ट्रि लिएका थिए।
त्यहाँ उनले हिना र गौहरसँग आफ्नो मनका कुरा सेयर गरेका थिए । उनले आफ्नो पीताको निधन र बाल्यकालका बारेमा उनीहरुलाई बताएका थिए । यसबाहेक सिद्धार्थले हिना र गौहरसँग अर्को एक कुरा पनि सेयर गरेका थिए । उनले आफूलाई पीता बन्ने चाहना भएको बताएका थिए । उनले हिना र गौहरसँग भनेका थिए– ‘म पीता बन्न चाहन्छु । र मलाई थाहा छ, म बेस्ट पीता बन्नेछु ।’
सिद्धार्थ आफ्नो पीताको नजिक थिए । मोडलिङ क्षेत्रमा सक्रिय भएका बेला सिद्धार्थका पीताको निधन भएको थियो । सिद्धार्थले पनि अहिले संसार छोडिसकेका छन् । २ सेप्टेम्बरमा उनको निधन भएको थियो । ४० वर्षीय सिद्धार्थको हृदयघातका कारण निधन भएको हो । उनको अन्तिम संस्कार ३ सेप्टेम्बरमा गरिएको थियो ।




