काठमाडाैं । अभिनेत्री ऋचा शर्मा आमा बनेकि छिन् । उनले आज बिहान पुत्रलाई जन्म दिएकी हुन् । ऋचा आजै बिहान मात्र अस्पतालमा भर्ना भएकी थिइन् । आमा र छोराको स्वास्थ्य अवस्था सामान्य छ ।
नायिका ऋचाले दिपेक्ष विक्रम राणासँग करिब २ बर्षअघि बिवाह गरेकी थिइन् । बिवाहकाे दुई साता बित्न नपाउँदै ऋचाकि आमाकाे निधन भएकाे थियाे । उनकी आमा राेगी थिइन् ।
नायिका शर्मा गर्भवती भएपछि पनि ‘कमेडी च्याम्पियन २’ को निर्णायकको रुपमा काम गरिरहेकी थिइन् । तर, आमा बन्ने दिन नजिकिएपछि उनले यो साताबाट निर्णायक पदमा नरहने निर्णय गरेकी थिइन् ।




