काठमाडाैं । तीजकाे व्रत श्रीमानकाे दिर्घायुका लागि बसिन्छ, तर यसले आफ्नै स्वास्थ्यलाई राम्रो गर्ने चिकित्सकहरु बताउँछन् । कति महिलाहरू कमजाेरीका कारण व्रत बसेर बिरामी पर्छन् भने कति जना व्रतपछि खानाकाे सन्तुलन मिलाउन नसकेर बिरामी पर्ने गर्छन् ।
के खाने त व्रतपछि ? सीधै पानी पिउनुभन्दा सलादबाट पाइने पानीले धपेडीमा फाइदा गर्छ । व्रत सकिएपछि आँटाको रोटि बनाएर आलुसँग खान सकिन्छ । व्रतमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकार बनाएर खाँदा आडिलो हुन्छ ।
व्रत बस्दा दुधमा बदाम भिजाएर पनि खान सकिन्छ । व्रतको दिन वा सकिएपछि केहि छिन रिलिफको लागि कोल्ड डिंक लिने बानी छ भने त्यसले मुटुमा गम्भिर खतरा पैदा गर्छ । खाली पेटमा तत्काल चिया पिउनु पनि ठीक होइन । मसलेदार खाना खानु राम्रो हुँदैन ।
रोटी, दाल, भात र तरकारी नै उत्तम हुन्छ । यसमा कार्बोहाइड्रेट हुने भएकाले शरीरमा तागत पनि दिन्छ । खानासँग सलादको मात्रा धेरै खानुपर्छ । व्रतबस्दा चिल्लो–पिरो खानुहुदैन । गर्भवती महिला व्रत नबसेको राम्रो हुन्छ ।
मुटु, कलेजो, फोक्सो , मृगौला ,मधुमेह, उच्च रक्तचापका समस्या भएकाले ब्रत बस्न हुँदैन । यसबाहेक स्वास्थ्यअवस्था राम्रा भएकाहरु महिनामा एक दुईपटक वा हप्तामा एक दिन व्रत बसेको राम्रो हुन्छ ।






