एजेन्सी । श्रद्धा कपूर बलिउडकी चर्चित अभिनेत्री हुन् । उनको अभिनय र सुन्दरताले हरकोहीलाई मोहित बनाउँछ । सधैँ सुन्दरता र अभिनयले चर्चामा रहने श्रद्धा यो पटक भने नकारात्मक तरिकाले ट्रोल भएकि छिन् । एक वृद्धलाई बेवास्ता गरेको भन्दै फ्यानले उनलाई गाली गरिरहेका छन् ।
हालै श्रद्धा कपूर आफ्नो साथीभाइसँग लन्चका लागि पुगेकि थिइन् । साथीसँग बिदा माग्ने समय एक वृद्ध त्यहाँ पुगेर पैसा मागिरहेका थिए । तर श्रद्धाले बेवास्ता गरिन् र साथीसँग कुराकानी गरिरहिन् ।
अहिले उनको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको प्रसंसा गरेर नथाक्ने प्रसंसकले अहिले ट्रोल बनाइरहेका छन् । कतिपयले ‘अलिकति त लाज मान्नुस्’ भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया राखिरहेका छन् ।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेकी छिन्, ‘त्यति ठुलो ब्यागको के काम, जब १० रुपैयाँ पनि दिन सक्दैनौ ।’ यस्तै एक अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘पैसा नदेऊ तर केही खान त देऊ !’
एक प्रयोगकर्ताले भने उनको समर्थन गरेका छन् । उनले लेखेका छन्, ‘उनीहरु साथमा पैसा बोकेर हिँड्दैनन्, अनलाइन पेमेन्ट गर्छन् । कलाकार फरक तरिकाले सहयोग गरिरहेका हुन्छन् । उनीहरुमाथि यस्तो टिप्पणी गर्नु गलत हो ।’




