एजेन्सी । बलिउडमा स्टार शानदार जीवनशैली बिताउँछन् । उनीहरुसँग ठुलो विलासी घर, महंगा गाडी हुन्छन् । बलिउडका स्टारहरु करोडौँ कमाउँछन् । विज्ञापन र चलचित्रबाट नै उनीहरुले मोटो रकम लिने गर्छन् । तर पनि केही स्टारहरु भाडाको घरमा बस्छन् ।
हालसालै अनुपम खेरले एक अन्तर्वार्तामा मुम्बईमा आफ्नो घर नभएको र भाडाको घरमा बस्ने गरेको बताए । उनले भने, ‘मुम्बईमा मेरो आफ्नो घर छैन । मै भाडामा बस्छु । ४–५ वर्ष पहिले मैले सम्पत्ति नजोड्ने निर्णय गरेको थिएँ । मैले ४ वर्ष पहिले मात्रै सिमलामा आमाको लागि एक घर किनेँ ।’
अभिनेत्री कटरीना कैफको पनि घर छैन । कयौँ ठुला चलचित्रमा काम गरिसकेकी उनी मुम्बईमा भाडाको घरमा बस्छिन् । पहिले उनी कार्टर रोडको सिल्भर सेन्डस अपार्टमेन्टमा बस्थिन भने अहिले मुम्बईको अन्धेरी वेस्टको मौर्या हाउसमा आफ्ना बहिनी इसाबेलसँग बस्छिन् । लकडाउनमा कटरीना आफ्नो घरको भिडियो र फोटो सेयर गरिरहेकी हुन्छिन् । कटरीना आजभोलि सलमानसँग फिल्म टाइडर ३ को सुटिङमा व्यस्त छिन् ।
अभिनेता ऋतिक रोशनले रियल स्टेटमा लगानी गरेका छन् । तर पनि उनी भाडाको घरमा बस्छन् । उनी २०२० देखि जुहूको अपार्टमेन्टमा बसिरहेका छन् । उनको यो घर अक्षय कुमारको घरको साइडमा छ । प्राप्त जानकारी अनुसार उनी उक्त घरको ८.२५ लाख मासिक तिर्छन् ।




