एजेन्सी । बिग बोस सिजन १३ का विजेता सिद्धार्थ शुक्लाको सेप्टेम्बर २ मा निधन भयो । उनको निधनको कारण हृदयघात बताइएको थियो । शारीरिक रूपमा स्वस्थ हुँदाहुँदै पनि उनको ४० वर्षको उमेरमा नै निधन भयो । तपाईँहरु पनि जान्नुहोस् हृदयघातसँग जोडिएका यी १० लक्षण :
असामान्य मुटुको चाल : नर्भस वा उत्साहित हुँदा मानिसको धड्कन तेजले बढ्नु सामान्य हो । तर तपाईँको धड्कन केही सेकेण्डमा नै धेरै बेरसम्म अनियन्त्रित हुन्छ भने यसले ठुलो समस्या सिर्जना गर्न सक्छ । यस्तो स्थितिमा तुरुन्त डाक्टरसँग सल्लाह लिनुपर्छ ।
गिजा, दाँत या टाउको दुखाइ : अधिकांश बिरामीले हृदयघात हुनुभन्दा पहिले हात, गिजा, दाँत या टाउको दुखेको बताउने गरेका छन् । यदि तपाईँलाई पनि यस्तो समस्या देखिएको छ भने चेकअप गराइहाल्नुस् ।
काँध दुखाइ : हातबाहेक यदि तपाईँको काँध या कमरमा दुखेको छ भने सावधान हुनुहोस् । हृदयघात हुनभन्दा पहिले धेरैजसो बिरामीलाई यो लक्षण पनि देखिएको छ ।
लगातार खोकी, छातीमा जलन : लगातारको खोकी पनि हृदयघातसँग जोड्नु उचित छैन । तर तपाईँ मुटुसम्बन्धी कुनै रोगबाट जुधिरहेको हुनुहुन्छ भने लगातार खोकी लाग्दा ध्यान दिनुहोस् ।
विज्ञहरुका अनुसार खोक्दा यदि गुलाबी वा सेतो रंगको खकार आउँछ भने यो हृदयघातको संकेत हुन सक्छ । यदि तपाईँको छातीमा जलन भइरहेको छ भने अथवा तपाईँ अपचको समस्यासँग जुधिरहनु भएको छ भने सावधान रहनुहोस् ।
निन्द्रामा घुर्नु : निन्द्रामा घुर्नु साधारण कुरा हो । यद्यपी ठुलो आवाजमा घुर्दा स्वास फेर्न गाह्रो महसुस हुन्छ । राती सुतेको समय कयौँ पटक हाम्रो स्वास रोकिन्छ, जसकारण मुटुमा अतिरिक्त भार पर्छ ।
पसीना र उल्टी : शरीरमा धेरै पसिना आउनु हृदयघातको लक्षण हुन सक्छ । विशेषगरी कम तापक्रम वा चिसोमा पनि तपाईँलाई पसिना आइरहेको छ भने यो गम्भीर समस्या हुन सक्छ । अर्को, बारम्बार उल्टी भइरहनु पनि हृदयघातसँग जोडिएको लक्षण हुन सक्छ । यस्ता लक्षणहरु गम्भीरतापूर्वक लिनुहोस् र डाक्टरसँग सल्लाह लिनुहोस् ।
हात वा कुर्कुचा सुन्निनु : यदि कुनै व्यक्तिको खुट्टा, औँला वा कुर्कुचामा सुन्निने क्रम बढेको छ भने यो गम्भीर समस्या हुन सक्छ । डाक्टरका अनुसार प्राय जुन व्यक्तिको मुटु राम्रोसँग रगत पम्प गर्न असमर्थ छ, उसको हात र खुट्टा सुन्निन थाल्छ ।
स्वास फेर्न समस्या : स्वास फेर्न समस्या भएको छ अथवा पुरै स्वास लिँदा पनि तपाईँलाई अक्सिजनको कमि महसुस भइरहेको छ भने यो हृदयघातको लक्षण हुन सक्छ । यसबाहेक केही मानिसहरुलाई बेचैनी, अपच, छातीमा जलन र पेट दुखाइको समस्या पनि हुन सक्छ ।




