काठमाडौं । ‘The Rising Model 2021’ को आवेदन खुला गरेको छ । यु.वी. अनलाइन मिडीयाले उक्त सो को आयोजना गर्न लागेको हो ।
आयोजकले अनलाईनमार्फत आवेदन दिन सकिने व्यवस्था सहित प्रतियोगिताको आवेदन खुला गरेको जनाएको छ । ‘The Rising Model’ मा भाग लिन इच्छुक महिला एवम् पुरुषले अनलाईन मार्फत आवेदन दिन सकिने छ ।
विजेता प्रतियोगिहरुलाई नगद पुरस्कारका साथै कलेजमा छात्रवृति दिनुका साथै Music Video मा खेल्न मौका समेत प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष उमेश खड्काले बताउनु भयो ।
प्रतियोगितालाई मनोरन्जनको दृष्टिकोणबाट मात्र नहेरी महिला पुरुषको क्षमतालाई मुखरित गर्न, ग्रुमिङको अवसर दिलाउन प्लेटफर्म विकास गर्ने लक्ष्यका साथ अघि बढेको आयोजक संस्थाका अध्यक्ष खड्का बताउँछन् ।




