एजेन्सी । समयमै उपचार भए रोगबाट बच्न सकिन्छ भन्ने थाहा हुँदाहुँदै पनि मानिसहरु रोगले स्वास्थ्यमा गम्भीर असर नपुर्याएसम्म यसबारे सचेत हुँदैनन् । फोक्सो पनि यस्तै हो । फोक्सोमा समस्या छ भने यसको लक्षणहरु देखिन्छ । पोषणविद् लवलीन बत्राले आफ्नो इन्स्टाग्राममा पोस्ट गर्दै फोक्सोसँग जोडिएको रोगका लक्षणबारे जानकारी दिएका छन् ।
छाती दुख्ने : एक महिना वा त्यो भन्दा बढी समयदेखि छाती दुखिरहेको छ भने यो कुनै ठुलो स्वास्थ्य समस्याको संकेत हुन सक्छ । विशेषगरी खोकी वा स्वास लिन गाह्रो भइरहेको छ भने छाती दुखाइलाई बेवास्ता नगर्नुहोस् ।
अचानक तौल घट्नु : डाइट वा वर्कआउट विना नै अचानक तौल घट्नु सामान्य कुरा होइन । वास्तवमा यो शरीरभित्र बढ्दै गरेको ट्युमरको संकेत हुन सक्छ ।
स्वासप्रस्वासमा समस्या : यदि तपाईँलाई श्वास लिन समस्या भइरहेको भने यो पनि फोक्सोको रोगको संकेत हुन सक्छ । फोक्सोमा ट्युमर या कार्सिनोमाका कारण फोक्सोमा बनेको तरल पदार्थ ब्लक हुन्छ । यस कारण स्वास लिन समस्या भयो भने तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।
लगातार खोकी, खोकीमा रगत : लगातार ८ हप्तासम्म खोकी वा खोकीमा रगत देखियो भने तुरुन्त उपचार गरिहाल्नुपर्छ ।




