काठमाडाैं । धन सम्पत्ति प्रशस्त भएर पनि खुशी नभएका परिवारकाे कथामा बनेकाे छाेटाे चलिचत्र ‘छाेरी’ दशैंकाे छेकाे पारेर प्रदर्शन गरिने भएकाे छ । अमेरिकामा धन सम्पत्ति प्रशस्त भएर पनि दशैं, तिहार, तीज जस्ता नेपालीहरुको महान चाडपर्व मनाउन नपाएकि छाेरीकाे पीडा चलचित्रमा देख्न सकिन्छ ।
साथै परिवार र सन्तान हुँदाहुँदै पनि नेपालमा एक्लै परेका बाबुकाे पीडा पनि चलचित्रमा देखाइएकाे छ । सन्तानसँग टाढा रहनुपर्दा बाबु-आमालाई हुने पीडामा केन्द्रित रहेकाे चलचित्र करीब १५ मिनेटको रहेको छ ।
‘छाेरी’ चलचित्रलाई सुरेन्द्र थापाले प्रस्तुत गरेका छन् भने निर्माता सुवास प्रशाद पाण्डे र कार्यकारी निर्मातामा नमराज भण्डारी रहेका छन् ।
चलचित्रमा बसन्त पोख्रेलको लेखन,निर्देशन रहेको छ भने गौतमराज खड्काको सम्पादन, ज्ञानु राईको छायाँकन, मनोज राज बहाकको ध्वनी,सौगात बस्नेतको मुख्य सहायक निर्देशन र मिनाक्षी भट्टराईको श्रृंगार रहेको छ ।
दशैँको छेको पारेर डिजिटल प्रविधिबाट प्रर्दशन गरिन लागेको चलचित्र ‘छाेरी’ मा बसन्त पोख्रेल, सरिता भुजेल, अजय पन्त, सुरेन्द्र थापा लगायत कलाकारहरुकाे अभिनय रहेकाे चलचित्रका प्रस्तुतकर्ता सुरेन्द्र थापाले बताए ।




