एजेन्सी । कसैलाई ओछ्यानमा गएको घन्टौँसम्म पनि निन्द्रा लाग्दैन भने कोही ओछ्यानमा पल्टिने बित्तिकै निदाउँछन् । छिट्टै सुत्नु स्वास्थ्यकाे लागि फाइदाजनक छ । तर स्वास्थ्य विज्ञहरू छिट्टै निन्द्रा आउनु पनि स्वास्थ्यका लागि हानिकारक हुने बताउँछन् ।
यदि तपाईँ छिट्टै सुत्नुहुन्छ, याे राम्राे र नराम्राे दुवै कुरा हाे । राम्राे कुरा याे हाे कि तपाईँ छिट्टै सुत्ने व्यक्तिमा पर्नुहुन्छ । खराब कुरा याे हाे कि हुन सक्छ कि तपाईँलाई निन्द्राकाे बढी आवश्यकता छ, त्यसकारण सुत्नेबित्तिकै तपाईँ निदाउनुहुन्छ । स्वास्थ्य विज्ञका अनुसार धेरैजसाे मानिसहरूलाई सुत्नका लागि २० मिनेटकाे आवश्यकता हुन्छ । यद्यपी याे सबैकाे शरीर अनुसार अलग अलग पनि हुन सक्छ ।
अमेरिकाका स्लीप मेडिसिन साइकाेलाेजिस्ट मिसेल ड्रेरूपका अनुसार यदि तपाईँलाई ३ मिनेटमा नै निन्द्रा आउँछ र सुतेर उठेपछि तपाईँ फ्रेस महसुस गर्नुहुन्छ भने तपाईँ चिन्तित हुन जरूरी छैन । यद्यपी केही अवस्थामा याे कुराकाे पनि संकेत हुन सक्छ कि तपाईँकाे निन्द्रा पुरा हुन सकेकाे छैन, त्यसकारण ओछ्यानमा पल्टिने बित्तिकै तपाईँलाई निन्द्रा लाग्छ । यस्ताे तब हुन्छ जब तपाईँ गलत समयमा सुत्नुहुन्छ अथवा छिट्टै उठ्नुहुन्छ तर गहिराे निन्द्रामा निदाउनु भएकाे हुँदैन ।
छिट्टै निन्द्रा आउनु स्लिप डिसअर्डरसँग पनि जाेडिएकाे हुन सक्छ । यदि तपाईँ रातमा ६ घण्टा भन्दा कम निन्दाउनुहुन्छ, यस्ताे हुँदा तपाईँकाे निन्द्रा पुरा हुँदैन । त्यसकारण तपाईँलाई कहिल-कहिले तुरून्तै निन्द्रा लाग्छ ।
खाना र पानीजस्तै तपाईँकाे शरीरलाई निन्द्रा पनि उत्तिकै आवश्यकता छ । विशेषज्ञका अनुसार जाे मानिसकाे निन्द्रा पुरा हुँदैन, उनीहरूमा मधुमेह, मुटुकाे राेग, माेटाेपना, उच्च् रक्तचाप र डिप्रेशनकाे खतरा बढ्न सक्छ । यसकारण तपाईँ हरहालतमा ७/८ घण्टा सुत्नुहाेस् ।






