एजेन्सी । स्वस्थ शरीरको लागि कम खाना र धेरै शारीरिक परिश्रमको आवश्यकता पर्दछ । अझ योभन्दा जरुरी पोषक तत्वको हुन्छ ।
परिवर्तित जीवनशैली, भोजनमा फस्टफुड, प्याकेज फुड बढी मात्रामा प्रयोग गर्दा हाम्रो भोजनमा पोषक तत्वको कमी भइरहेको छ । यस्तो जीवनशैलीले क्यान्सर, मधुमेह, मोटोपना, उच्च रक्तचाप जस्ता गम्भीर रोगहरु निम्त्याउँछ ।
मैदाले पनि स्वास्थ्यमा असर पुर्याउँछ । किनकी मैदा बनाउनका लागि गहुँ प्रशोधन गर्नुपर्ने हुन्छ । प्रशोधनका क्रममा गहुँमा रहेको इन्डोस्पर्म नष्ट हुन्छ । यस्तै पाचनका लागि आवश्यक गहुँको कडा भाग पनि नष्ट हुन्छ ।
गहुँलाई मैदा बनाउने समयसम्म यसमा भएको पुरै पोषक तत्व नष्ट हुन्छ । यस्तोमा यसले पाचनसम्बन्धी गम्भीर समस्या निम्त्याउन सक्छ । मैदाबाट बनेको खाद्य पदार्थ सातामा एक पटक मात्रै खाँदा राम्रो हुन्छ, त्यो पनि केवल स्वादका लागि मात्रै ।
यस्तै मैदाले शरीरमा ब्लड सुगरको स्तरलाई ६ चम्चा चिनी वा थुप्रै क्यान्डी बारभन्दा पनि बढी बढाउन सक्छ । साथै यसले मुटुराेग, जोर्नी दुखाइ, शरीर सुन्निने जस्ता समस्या पनि निम्त्याउँछ ।
शोधका अनुसार दानायुक्त खानेकुरामा पाइने लेक्टिनका कारण आन्द्राको पत्र सुन्निने गर्छ । जब तपाईं मैदा खानुहुन्छ तब खानामा ८० प्रतिशत फाइबर नष्ट हुने गर्छ । तपाईंको शरीरले त्यो फाइबर पाउँदै जसलाई त्यसको आवश्यकता पर्छ र कार्बोहाईड्रेट तीब्र रुपमा निष्कासन हुने गर्छ । फाइबर बिना शरीरले आन्द्राको फोहोरलाई सफा गरेर शरीरलाई डिटक्स गर्न सक्षम हुँदैन ।
मैदालाई फुड एलर्जीको सबैभन्दा ठूलो ट्रिगर्समध्ये एक मानिन्छ । थुप्रै गेडागुडीमा पाइने ग्लूटन नामक प्रोटिनले पिठोलाई लचिलो बनाउने काम गर्छ । यसले रोटीलाई नरम बनाउन मद्दत गर्छ । गहुँमा अब यो पहिले देखि नै धेरै हुन्छ । जब ग्लूटेन सेन्सिटिविटी भएका मानिसहरु ग्लूटेनयुक्त उत्पादनको प्रयोग गर्छन्, उनीहरुको शरीरमा फूड एलर्जी हुनुका साथै थुप्रै अन्य समस्याको खतरा बढ्ने गर्छ ।






