एजेन्सी । कहिलेकाहीँ हामी जुन लक्षणहरूलाई सामान्य सम्झिएर बेवास्ता गर्छाैँ, जुन हाम्राे स्वास्थ्यकाे लागि हानिकारक हुन सक्छ । इंग्ल्याण्डकि एक महिलाले भाेगेकाे कुरा अरूका लागि पाठ हुन सक्छ ।
डेलीमेल रिपाेर्टका अनुसार १९ वर्षीय क्याथरिन हाक्सलाई महिनावारीकाे समस्या थियाे । क्याथरिन आमा बुवासँग टाढा रहेर दाेस्राे सहरमा बसेर अध्ययन गर्थिन् । एक दिन क्याथरिनले निकै थकित महसुस गरिरहेकि थिइन् । त्यसै क्षण उनी बेहाेस् भइन् ।
क्याथरिनको हेभी पिरियड एक्युट प्रोमायलोसाइटिक ल्यूकेमियाको लक्षण थियो, जुन तीव्र गतिमा ब्लड क्यान्सरमा बद्लिन्छ । तर उनलाई यसबारे थाहा थिएन । धेरै समस्या भएपछि उनले चिकित्सकसँग सल्लाह लिने निर्णय गरिन् । डाक्टरले उनलाई ब्लड क्यान्सर भएकाे र एक हप्ता मात्रै ढिलाे भएकाे भए ज्यान जान सक्ने बताए ।
पहिले त क्याथरिनले एक सामान्य चिकित्सकसँग नियमित जाँचका लागि ब्लड टेस्ट गरिन् । डाक्टरले केही दिनमा नतिजा प्राप्त हुने बताए । यद्यपी त्यही दिन साँझ उनलाइ फाेन आयो र रक्तअल्पता भएकाे भन्दै तुरून्त अस्पताल जान भनियाे ।
उनी हाउसमेटसँगै अस्पताल पुगिन् । त्यहाँका डाक्टरले उनलाइ तुरून्त उपचार सुरू गर्नुपर्ने बताए । राताे रक्तकाेषले शरीरमा अक्सिजन पुर्याउने काम गर्छ । यसकाे कमी हुँदा स्वास लिन समस्या भइरहेकाे छ, थकान महसुस हुन्छ । याे प्लेटलेट्स कमिकाे पनि संकेत हाे । नाक र मुखबाट रगत आउनु र असामान्य रूपमा पिरियडमा अचानक परिवर्तन आउनु पनि यसकाे चेतावनी हुन सक्छ ।
चिकित्सकका अनुसार महिलालाई जुनसुकै बेला पनि हेवी पिरियड्स हुन सक्छ। यसलाइ बेवास्ता गर्नु हुँदैन। क्याथरिनका अनुसार सुरूवातमा उनले पनि हेभी परियड्सलाई ध्यान दिइनन् । एक दिन अचानक उनले थकित महसुस गरिन्। साथै छालाकाे रंग पनि परिवर्तन हुन थाल्याे । पिरियडकाे समय चक्कर लाग्थ्याे । सुरूवातमा उनलाई लाग्याे कि सायद शरीरमा रगतकाे कमी छ, त्यसैले उनी चिकित्सककहाँ गइन् ।
उपचारका क्रममा डाक्टरले क्याथरिनकाे शरीरमा सेताे रक्त काेशिकाकाे संख्या १८६ भएकाे पाए, जबकि कुनै स्वस्थ व्यक्तिकाे शरीरमा १० हुनुपर्छ । यति धेरै मात्रामा सेताे रक्तकाेशिका भेटिएपछि डाक्टरले ल्यूकेमियाकाे सम्भावना रहेकाे भन्दै उनलाई तुरून्त अस्पताल जान सल्लाह दिए । डाक्टरले पहिले उनकाे बाेनम्याराे बायाेप्सी गरे । क्याथरिनलाई तुरून्तै क्यान्सर अस्पतालमा सारियाे र किमाेथेरापी सुरू गरियाे ।
उपचारका क्रममा ८ दिनसम्म उनी काेमामा गइन् । जब उनलाई हाेस आयाे तब उनकाे कपाल झर्न सुरू भयाे । उनी निकै कमजाेर बनिन् । तर उनले हिम्मत हारिनन् । उनी नियमित रूपमा किमाेथेरापी गरिरहिन् । ६ महिनाकाे उपचारपछि डाक्टरले उनकाे उपचार सफल भएकाे र फेरि क्यान्सर हुने जाेखिम कम रहेकाे बताए । यद्यपी हरेक महिनामा चेकअप गराउन गइरहनु पर्छ ।




