एजेन्सी । ग्लोबल आइकन प्रियंका चोपडा प्राय आफ्नो देशी लुक्सले फ्यानको मन जितिरहेकी हुन्छिन् । एउटा तस्वीर सार्वजनिक भएसँगै उनी एक पटक फेरि चर्चामा छिन् । उक्त भाइरल तस्वीरमा उनी प्लेनमा पलेटी कसेर बसिरहेको देख्न सकिन्छ ।
सो तस्वीर हलिउड सिरिज सिटाडेलको सुटिङका लागि आफ्नो को–एक्टरसँग स्पेन जाँदाको हो । प्रियंकाले हालसालै ग्लोबल सिटिजन लाइभ इभेन्टमा पनि भाग लिएकी थिइन् । पेरिसमा आयोजित यस शो मा प्रियंकाले शो होस्ट गरेकी थिइन् ।
प्रियंका अहिले सिटाडेलकाे सुटिङमा व्यस्त छिन् । यसबाहेक अन्य बलिउड प्राेजेक्टहरू पनि पाइपलाइनमा छन् । उनी हलिउड स्टार किनू रिब्ससँग मेट्रिक्स ४, कमेडि वेडिङ शाे, आमा आनन्द शीलाको बायोपिकमा समेत काम गर्दैछिन् ।




