काठमाडाैं । काेराेना भाइरसकाे डेल्टा भेरियन्टले विशेषगरी बालबालिकाहरूलाई संक्रमित गर्छ भन्ने कुरा साँचाे नभएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार सबै उमेर समूहहरूमा साे भेरियन्टकाे संक्रमणकाे दर बढेकाे पाइएकाे छ । डेल्टा भेरियन्ट अन्य भेरियन्टभन्दा धेरै संक्रामक छ र भीडभाडमा जाने तथा खाेप नलगाएका मानिसहरूलाइ डेल्टा भेरियन्ट संक्रमण हुने सम्भावना बढी हुन्छ ।
पछिल्लाे समय नेपालमा काेराेना संक्रमण र मृत्युदर घटेकाे अवस्था छ । स्वास्थ्य मापदण्ड पालना नगरे संक्रमण बढ्न सक्ने चिकित्सकहरूले चेतावनी दिइरहेका छन् । सरकारले पनि भीडभाड नगर्न अनुराेध गरेकाे छ ।
हिजाे मात्रै १ हजार १५७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे थियाे । काेराेना संक्रमणबाट थप ८ जनाकाे मृत्यु भएकाे थियाे भने १ हजार ११३ जना निकाे भए । सक्रिय संक्रमित १८ हजार १९३ थिए ।






