एजेन्सी । धेरैजसो मानिसहरु शाहाकारी खाना तौल घटाउनका लागि मात्रै उपयुक्त हो भन्ने सोच्छन् । तर शाहाकारी भोजनले स्वास्थ्यलाई विभिन्न तरिकाबाट फाइदा पुग्ने स्वास्थ्य विज्ञहरु बताउँछन् । यसले ब्लड सुगर कम गर्नुका साथै क्यान्सरबाट पनि बचाउँछ ।
पाेषक तत्वले भरिपूर्ण : कयाैँ अध्ययनमा शाहाकारी भाेजनमा धेरै फाइबर र एन्टीअक्साइड हुने पुष्टि भइसकेकाे छ । यसमा पाेटासियम, म्याग्नेसियम, फाेलेट, आइरन र भिटामिन ए, सी र इ जस्ता अत्यावश्यक सबै पाेषक तत्व पाइन्छ ।
बजन घटाउन सहयाेग : आजकाल धेरैजसाे मानिसहरू ताैल कम गर्नका लागि शाहाकारी भाेजन लिने गर्छन् । अध्ययनका अनुसार ननभेज खाने मानिसकाे तुलनामा भेज खानेकाे स्वास्थय राम्राे हुन्छ ।
ब्लड सुगर कम गर्छ : शाहाकारी हुनुकाे सबैभन्दा राम्राे फाइदा मधुमेहका बिरामीलाई हुन्छ । शाहाकारी खानाले केबल ब्लड सुगर मात्र कम गर्दैन किड्नीलाई पनि राम्राे गर्छ । कसैलाई याे राेग लागेकाे छैन भने पनि शाहाकारी भाेजनले मधुमेहकाे सम्भावना कम हुन्छ । एक रिसर्चका अनुसार प्लान्ट प्राेटीनले किड्नीकाे बिमारी हुने खतरा पनि कम हुन्छ ।
क्यान्सरबाट बचाउँछ : शाहाकारी खानाले केही क्यान्सरबाट पनि बचाउँछ । नियमित फलफुल खानाले काेलाेरेक्टल क्यान्सरकाे खतरा ९-१८ प्रतिशत कम हुन्छ । अनुसन्धान अनुसार हरेक दिन कम्तिमा ७ ताजा फल र सब्जी खानाले क्यान्सरबाट निधन हुने खतरा १५ प्रतिशत कम हुन्छ । शाहाकारी खानामा साेया प्राेडक्ट धेरै हुन्छ जसले ब्रेस्ट क्यान्सरबाट सुरक्षित राख्छ ।
मुटु राेगबाट बचाउँछ : ताजा फलफुल, सब्जी खानाले हृदयराेगकाे खतरा कम हुन्छ ।




