एजेन्सी । यदि मानिसको तौल ठिक छ तर नितम्ब, तिघ्रा र खुट्टामा धेरै बोसो जमेको छ भने स्ट्रोक, मधुमेह र हृदयाघातको आशंका कम हुन्छ ।
सेल रिसर्च जर्नलमा छापिएको एक अनुसन्धानकाअनुसार जसको शरीरको तल्लो भागमा बोसो कम हुन्छ उसमा हृदय रोग र मृत्युको आशंका बढी हुन्छ । जसअनुसार मोटो मानिसलाई भने खतरा मानिएको छ ।
मोटो मानिसको फोक्सो र मुटुको वरिपरि बोसो धेरै हुने भएकाले उनीहरूमा हृदयाघातको सम्भावना धेरै हुन्छ । मधुमेह विशेषज्ञ नोर्बर्ट स्टीफनले उक्त शोधको समर्थनमा भनेका छन्, ‘उचित तौल भएका मानिस स्वस्थ हुन्छन्, जसको शरीरको आकार नास्पातीको जस्तो हुन्छ ।’
अनुसन्धान अनुसार नितम्ब र तिघ्रा बोसो खपतका लागि सुरक्षित स्थान हो । पेटको बोसोको तुलनामा तिघ्रा र नितम्बको बोसो राम्रो मानिन्छ । पेटको बोसोले रगतमा फ्याटी एसिड धेरै छोड्ने गर्दछ जसका कारण मधुमेह, इन्सुलिन प्रतिरोधक र कोलेस्ट्रोलको खतरा बढ्ने गर्दछ ।




