काठमाडौं । हालै सम्पन्न कमेडी च्याम्पिनयन सिजन दुईको विजेता भरतमणि पौडेलले पुरस्कार स्वरुप घोषित नयाँ कार आज प्राप्त गरेका छन् । कार्यक्रमका निर्देशक विशाल भण्डारीले उनलाई कारको साँचो हस्तान्तरण गर्दा प्रतियोगितामा तेस्रो भएका सन्तोष थापाले स्कुटर हात पारेका हुन् ।

अस्वस्थताका कारण दोस्रो भएका बिक्की अग्रवाल भने बाइक पुरस्कार लिन आउन पाएनन् । कमेडी च्याम्पियनले करिब २४ लाख मूल्यको कार भरतमणिलाई दिएको हो । भरतमणिसँग कारको लाइसेन्स नभएकाले उनी एक जना सहयोगी लिएर आएका थिए ।




