काठमाडाैं । चलचित्र निर्देशक शोभित बस्नेतले चलचित्र ‘डाँडाको वर पीपल’ को ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता राजेश हमालको तस्वीरलाई प्रमुख अतिथी बनाउँदै आफू गलत भएको बताएका छन् । यसअघि हमाललाई महानायक मान्न तयार नभएका शोभितले आफू गलत भएको भन्दै महानायक राजेश हमाल नै भएको उनले बताए ।
कार्यक्रममा उनले भने, ‘चलचित्र क्षेत्रमा राजेश हमाल भन्दा ठुलो कोही पनि रहेनछ । मैले सधैँ महानायक भन्दा सुपरस्टार ठुलो भन्ने ठानेको थिएँ । त्यसैले उहाँलाई सुपरस्टार भनेको हुँ । तर म गलत रहेछु । आजबाट राजेश हमाललाई नै महानायक भन्नेछु । मेरो लागि अब सुपरस्टार भुवन केसी हुनुहुन्छ ।’
आज आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकारहरु नायकद्वय भुवन केसी र शिव श्रेष्ठ, नायिका गौरी मल्ल भने उपस्थित थिएनन् । यसअघि चलचित्रबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा चलचित्रकाे विषय भन्दा पनि ‘महानायक/महानायिका काे ?’ विषयमा चर्चा चलेकाे थियाे । भुवन केसी, शिव श्रेष्ठ, गाैरी मल्ल सबैले राजेश हमाललाई महानायक नमान्ने बताएका थिए ।
महानायक बहसले सलाेन बस्नेतले लगाएकाे ‘प्रिन्टेट कोट’ पनि ओझेलमा परेको थियो । काेटमा निर्देशक शोभित बस्नेत, नायकद्धय भुवन केसी र शिव श्रेष्ठ, नायिका गौरी मल्लको तस्वीर प्रिन्ट गरिएको थियो ।




