एजेन्सी । स्वस्थ डाइट लिन्छन्, शुद्ध खान्छन् र आफ्नो भोजनमा स्वस्थ खानेकुराहरु समावेश गर्छन् तर पनि कयौँ स्वास्थ्य समस्याको सामना गर्नु परेको धेरैजसो मानिसहरुको गुनासो हुन्छ । यी पाँच संकेतले पोषक तत्व नपुगेको संकेत गर्छ ।
पेट सफा नहुनु : धेरै मानिसहरू पेट सफा नभएकाे गुनासाे गर्छन् । यदि पेटबाट नियमित दिसा आएन भने पेटमा इन्फेक्सन हुन सक्छ । यस्ताे तब हुन्छ जब तपाईँ कम फाइबरयुक्त खाना खानुहुन्छ । तपाईँले रेसा भएकाे तरकारी, दाल, रेसायुक्त फल, मकै खानुपर्छ ।
टाउकाे दुख्नु, चिसाे, तथा खाना अपच हुनु : यदि तपाईँलाई टाउकाे दुखिरहन्छ, छिट्टै चिसाे लाग्छ भने यस्ताे अवस्थामा पनि आहार नमिलेकाे भन्ने बुझ्नुपर्छ । अत्यधिक चिया वा कफी, बासी खाना, बदाम जस्ता खानेकुरा खानुहुन्छ भने टाउकाे दुख्ने समस्या हुन सक्छ । अत्यधिक चिसाे खानाले रूघाखाेकी, ज्वराे हुन सक्छ । यस्ताेमा तपाईँकाे शरीरकाे इम्युनिटी कमजाेर हुन सक्छ । आफ्नाे आहारमा जिंक र भिटामिन सी युक्त खानाकुरा सामेल गर्नुभयाे भने याे समस्याबाट छुट्कारा मिल्न सक्छ ।
छालामा चमक नहुनु : सुन्दर देखिन हरकाेही चाहन्छन् । छालाकाे चमक फिका भयाे भने सुन्दरता कम हुन्छ । यस्ताे समस्या पनि आहार नमिल्दा नै हुन्छ । जब शरीरमा पाेटाशियम, भिटामिन के अथवा ई काे कमि भयाे भने यस्ताे समस्या देखिन्छ । याे समस्याबाट छुट्कारा पाउनका लागि आफ्नाे डाइटमा नरिवलकाे तेल र टमाटार सामेल गर्नुहाेस् । टमाटरमा सबै एन्टीअक्सिडेन्ट हुन्छ जसले छालालाई फाइदा पुर्याउँछ । यस्तै नरिवलकाे तेलमा पाेटाशियम, भिटामिन के र ई पाइन्छ ।
कपाल झर्ने समस्या : हाम्राे कपाल प्राेटीनले बन्छ । यदि शरीरमा उचित मात्रामा प्राेटीन पुगेन भने कपाल झर्ने समस्या सुरू हुन्छ । कपाल झर्ने कारण अरू पनि हुन सक्छ तर यस समस्याबाट छुट्कारा पाउनका लागि आफ्नाे डाइटमा अन्य पाेषक तत्वका साथै प्राेटीनयुक्त खानेकुरा पनि सामेल गर्नु आवश्यक छ । याे समस्याबाट छुट्कारा पाउनका लागि दाल, दुग्ध पदार्थ, भेडे खुर्सानी, पालुंगाे, अण्डा खानु उपयुक्त हुन्छ ।




