एजेन्सी । भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरोले क्रूजमा हाई प्रोफाइल ड्रग्स पार्टी घटनामा अभिनेता शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेका छन् । आर्यनसंग क्रूज पार्टीको बारेमा सोधपुछपछि उनलाई पक्राउ गरिएको हो । यस घटनामा अन्य धेरैलाई पनि हिरासतमा लिइएको छ ।
आर्यनलाई ड्रग्स पार्टीलाई लिएर पक्राउ गरिएकै दिन शाहरुख खानको एउटा अन्तर्वार्ता भाइरल भइरहेको छ, जसमा शाहरुखले आफ्नो छोराले ड्रग्स सेवन गरोस् र त्यस्ता सम्पूर्ण काम गरोस् जुन उनले आफ्नो जवानीमा गर्न पाएका थिएनन् भनेका छन् ।
श्रीमती गौरीसंगै सन् १९९७ मा सिमी ग्रेवालको टक शोमा पुगेका शाहरुखले भखर्रै जन्मेका आफ्नो छोराको बारेमा त्यस्तो बोलेका थिए । उनले त्यो समयमा बोलेको कुरा अहिले पुरा हुन्छ भन्ने कसैले पनि सोचेका थिएनन् ।
उनले ‘आफ्नो छोरा आर्यन ३–४ वर्ष भएपछि उनलाई तिमी यूवतीहरुलाई पिछा गर्न सक्छौ, ड्रक्स प्रयोग गर्न सक्छौ र यौनसम्पर्क गर्न सक्छौ भनेर सल्लाह दिन्छु’ भनेका थिए । शाहरुखले भनेका थिए– ‘आर्यनले यी सबै कार्य छिट्टै शुरु गरे भने राम्रो हुन्छ, जुन मैले आफ्नो जीवनमा गर्न पाइन् ।’
उक्त अन्तर्वार्तामा शाहरुखले ठट्टा गर्दै भनेका थिए–‘म चाहन्छु आर्यन ब्याड ब्वाई बनोस् ।’ ‘यदि उनी गुड ब्वाई जस्तो देखिए भने आर्यनलाई म घरबाट निकाली दिन्छु ।’ कुनै दिन ठट्टामा भनेको कुरा यसरी वास्तविक भएर आफ्नो अगाडि आउँछ भनेर शाहरुखलाई के थाहा ?




