काठमाडाैं । चर्चित र्यापर भिटेन अर्थात समिर घिसिङ चलचित्र ‘रत्नपार्क’ मा देखिने भएका छन् बुढासुब्बा ओर्जिनलले निर्माण गर्न लागेकाे चलचित्र ‘रत्नपार्क’ मा भिटेनले साइन गरिसकेका छन् ।
यो चलचित्रका निर्माता नवराज गिरी हुन् । भिटेनले कति पारिश्रमिक लिएकाे भन्नेबारे भने खुलाइएकाे छैन ।
भिटेनले दाेस्राे पटक पक्राउ परेयता कुनै र्याप गीत निकालेका छैनन् । पछिल्लाे समय उनी कार्यक्रमतिर पनि खासै देखिँदैनन् । आउँदो असोज २३ गते भने उनी दाङ जाँदैछन् । विजया दशमीको अवसर पारेर दाङको तुलसीपुर अरनिको मैदानमा अनाथ बालबालिका सहयोगार्थ आयोजना हुन लागेकाे एक दिने लाइभ कन्सर्ट कार्यक्रममा उनी पनि उपस्थित हुन लागेका हुन् ।
भिटेनकाे जन्मस्थान राैतहट हाे । गीतमा अश्लिल शब्द प्रयोग गरेको भन्दै उनलाई प्रहरीले दुई पटक पक्राउ गरिसकेको छ ।




