काठमाडौँ । मूत्राशय (मूत्रनली) मा रहेको वायुले मूत्राशयको वीर्य, मूत्र, पित्त र कफलाई सुकाएर क्रम–क्रमबाट पत्थरीलाई उत्पन्न गर्दछ । मिर्गाैलामा पत्थरी सबै उमेर समूहका व्यक्तिलाई हुन्छ।
यद्यपी हरेक उमेर समूह र महिला तथा पुरूषलाई हुने पत्थरीका कारणहरू फरक-फरक हुन्छन् । शरीरमा पानीको कमी हुँदा किड्नीको सिस्टममा समस्या आउँछ, जसले पत्थरी हुन्छ । कतिपय अवस्थामा जन्मजात पत्थरी हुन्छ । युरीक एसिड बढ्यो भने पनि पत्थरी हुन्छ ।
मिर्गाैलामा पत्थरी हुने धेरै कारण भएसँगै उपचारको पद्धति पनि फरक फरक हुन्छन् । यसको उपचार पहिलेभन्दा अहिले धेरै फरक छ ।
यस्ताे छ पत्थरीकाे घरेलु उपचार:
– पेठो(कुभिण्डो) को रसमा हिङ र जवाखार हालेर पिउनाले पत्थरी ठीक हुन्छ ।
– ८ ग्राम गोरखुको चूर्ण, मह र भेडाको दूधसँग खानाले पत्थरी ठीक हुन्छ ।
– अदुवाको रस, जवाखार, हर्रोको बोक्रा र मलयगिरी चन्दनको घोल पिउनाले पत्थरी नष्ट हुन्छ ।
– २० ग्राम बेसारको चूर्ण र ३६० ग्राम सखरमा दैनिक १ ग्रामको मात्रा लिएर कान्जीसँग पिउनाले पत्थरी ठीक हुन्छ ।
– सोंचर नुन, मह, दूध र तिल, मदिरामा हालेर तीन दिनसम्म पिउनाले पत्थरी ठीक हुन्छ ।
– ८ ग्राम तिल र २० ग्राम मह, दूधमा हालेर पन्ध्र दिनसम्म पिउनाले पत्थरी ठीक हुन्छ ।
– मजीठा, जीरा, सुपको दाना, अमला, बयरको बीउ, शुद्ध अमलासार, गन्धक र शुद्ध मैनसिल— यी सबैको ८ ग्राम चूर्ण दैनिक महसँग खानाले पत्थरी ठीक हुन्छ ।




