एजेन्सी । रातमा बाँकी रहेको खाना बिहान हामी फोहोरको भाँडोमा फाल्छौँ । बासी खाना खराब नहुँदा पनि खाना खेर फाल्ने गरिन्छ । खाद्य र कृषि संगठन (एफएओ) को एक रिपोर्ट अनुसार भारतमा हरेक वर्ष करिब ४० प्रतिशत खाना खेर फालिन्छ । भोकसँग जोएिको समस्या र खाद्य सुरक्षाप्रति जागरुक गर्नका लागि हरेक वर्ष १६ अक्टोबरका दिन विश्व खाद्य दिवस मनाइन्छ । आउनुस् जानौँ बासी रोटी खानुको फाइदा, जुन तपाईँलाई थाहा नहुन सक्छ ।
मधुमेहका बिरामीलाई फाइदा : चिकित्सकका अनुसार मधुमेहका बिरामीका लागि बासी रोटी निकै फाइदाजनक छ । हरेक दिन बिहान दुधसँग बासी रोटी खानाले तपाईँको शरीरमा सुगरको लेभल ब्यालेन्समा रहन्छ । यसले सुन्निने समस्याबाट पनि राहत दिलाउँछ ।
उच्च रक्तचाप कन्ट्रोल : ब्लड प्रेसरका रोगीले बासी रोटी खानु लाभदायी हुन्छ । बिहान चिसो दुधसँग बासी रोटी खानले उच्च रक्तचाप सजिलै कन्ट्रोल गर्न सकिन्छ ।
एसिडिटीबाट राहत : पेटको समस्या र एसिडिटी तथा कब्जियतको समस्याबाट जुधिरहेका मानिसका लागि पनि बासी रोटी फाइदाजनक छ । बिहान दुधसँग यसको सेवन गर्ने हो भने एसिडिटी र कब्जियतको समस्याबाट छुटकारा पाउन सकिन्छ ।
जिम जानेका लागि लाभदायी : जिम जानेका लागि पनि बासी रोटी लाभदायी हुन्छ भन्ने कुरा धेरै कमलाई थाहा हुन सक्छ । जिममा मांसपेशी प्राप्त गर्नका लागि बासी रोटी फाइदाजनक हुन सक्छ । एक प्रशिक्षकका अनुसार जिम ट्रेनरसँग तपाईँ यसको फाइदाबारे जानकारी लिन सक्नुहुन्छ ।
ताजा रोटीभन्दा बढी पौष्टिक : ताजा रोटी बासी रोटीभन्दा बढी पौष्टिक हुन्छ । किनकी लामो समयसम्म राख्दा यसमा जुन ब्याक्टेरिया हुन्छ, त्यसले पनि स्वास्थ्यलाई फाइदा पुर्याउँछ । यद्यपी रोटी १२ देखि १६ घण्टाभन्दा बढी बासी हुनु हुँदैन ।




