काठमाडौं । हुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित खरेल गाउँमा पहिरोले पुरिएर ६ जनाको मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा ७० वर्षीय धनवीरे शाही, ५५ वर्षीय कुलबहादुर शाही, आशा शाही १३ वर्षीय अलिन्द्र शाही, ३ वर्षीय जसबहादुर शाही र ५ वर्षीय हुसेन शाही रहेका छन् । अहिले पहिरो हटाएर उनीहरुको शव निकालिएको छ ।
मृत्यु भएकाहरू सबै एकै परिवारका हुन् ।




