काठमाडाैं । आइतबारदेखि परेकाेअविरल वर्षाका कारण गएको बाढी–पहिरोबाट ज्यान गुमाउनेकाे संख्या ४८ पुगेकाे छ ।
बाढी पहिराेमा परी देशभरका ११ जिल्लाका ४८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार बाढी तथा पहिरोबाट कालिकोटमा १, बैतडीमा ४, डडेलधुरामा १, डोटीमा ९, हुम्लामा ६, प्युठानमा १, धनकुटामा ६, सुनसरीमा २, पाँचथरमा ६, इलाममा ११ र उदयपुरमा १ जनाको मृत्यु भएको छ ।
यस्तै डोटीमा १ जना, बझाङमा २३ जना, प्युठानमा २ जना र इलाममा ५ जना बेपत्ता भएका छन् ।




