काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेलमा जिपलाइन खेल खेलेका छन् ।
धुलिखेल जिपलाइनमा उनी नाति नातिनीसहित पुगेका थिए । त्यहाँ उनले क्लासिक जिपलाइनमा सयर गरेका हुन् । साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताएका छन् ।
प्रचण्ड बिहीबार सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्ट पुगेका थिए। फर्कने क्रममा परिवारसँगै उनले जिपलाइनको मज्जा लिएका हुन्।
काठमाडौबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा शुरु भएको हो । जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटर रहेको छ ।




