काठमाडाैं । पत्रकार, सामाजिक अभियन्ता श्रीप्रसाद बास्तोलाले आत्महत्या गरेका छन् । विद्यालय सञ्चालक समेत रहेका बास्ताेलाले सामाजिक सञ्जाल फेसबुकमा एक लामाे स्टाटस लेख्दै आफ्नै घरमा आत्महत्या गरेका हुन् ।
फेसबुकमा उनले पैतृक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना र स्कुल सबै चैट भएकाे उल्लेख गरेका छन् । उनले आफ्नो मृत्युपछि लास नजलाउन र गाडिदिन तथा किरियामा कोही नबस्न समेत भनेका छन् । साथै उनलाई फसाउन गरिएका षडयन्त्र र मतियारहरुको नाम समेत स्टाटसमा उल्लेख गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बास्ताेलाकाे शव हिजो राति आफ्नै घरमा उनलाई झुण्डिएको अवस्थामा भेटिएको थियाे । मृतकका भाइले अन्तिम संस्कारका लागि प्रहरीमा निवेदन दिएकाे प्रहरीले जनाएकाे छ ।
यस्ताे छ आत्महत्याअघि बास्ताेलाले लेखेकाे स्टाटस :





