काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित नेवारी खाजा घरमा किशोरीमाथि याैन शाेषण भएकाे खुलेकाे छ । २०७८ वैशाख दोस्रो हप्तादेखि १६ वर्षीया किशोरीलाई खाजा घरमा बन्धक बनाएरलाई यौन शोषण गरेको खुलेकाे हाे ।
याैन शाेषणकाे आरोपमा मानव बेचविखन अनुसन्धान ब्यूरोले गुल्मी सत्यवती गाउँपालिका–४ घर घर भई कोटेश्वरमा खाजा घर चलाउने ५२ वर्षीय नेत्रलाल ज्ञवालीलाई पक्राउ गरेकाे छ । ज्ञवालीले ती किशाेरीलाई खाजा घरमा बन्धक बनाएर परपुरुषसँग शारीरिक सम्बन्ध राख्न बाध्य गराएकाे मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएकाे छ ।
कोटेश्वरका अरु गेस्ट हाउसमा समेत लगेर ती किशोरीलाई दैनिक ३ देखि ५ जनासँग सम्बन्ध राख्न बाध्य पारेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । ज्ञवालीलाई कार्तिक १७ मा पक्रेर अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको ब्युराेकाे भनाइ छ । सो घटनामा संलग्न अरु दुईजना फरार छन् ।




