काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् । बिमलले आफ्नो आधिकारिक फेसबुकमा एक पोष्ट गर्दै प्रेमिकालाई सम्झिएको स्ट्याटस राख्दै नाम उल्लेख गरेका हुन् । फरवार्ड विमल घर्तिमगर गत साता २१ महिनापछि मैदान फर्किए । कहिले व्यक्तिगत त कहिले चोटका कारण फुटबलबाट टाढा रहेका विमल ए डिभिजन लिगमार्फत मैदान फर्किएका हुन् । उनको दाहिने घुँडामा गम्भिर चोट लागेको थियो ।
उनले एक होटलको कोरिडोरमा उब्भिएको आफ्नो तस्विर राख्दै स्ट्याटसमा आफ्नो प्रेमिका लिना प्रधानलाई निक्कै सम्झिरहेको उल्लेख गरेका छन् । यस विषयमा विमललाई प्रश्न गर्दा लिना आफ्नो प्रेमिका रहेको बताएका छन् । उनी माल्दिभ्सको सोनेभा जानी रिसोर्टको फन्ट अफिस टिम लिडरको रुपमा कार्यरत रहेकी छिन् । ईटहरी निवासी लिना र विमल लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएको पनि विमलले बताए ।

बमिल अहिले काठमाण्डौंमा जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा साविकको विजेता टोलि मच्छिन्द्र क्लबबाट फुटबल खेलिरहेका छन् । २१ महिनापछि मैदान फर्कदा विमल भावुक बनेका थिए । मछिन्द्रले सोमबार त्रिभुवन आर्मीसँग खेल्दैछ । आर्मीविरुद्धको खेलअघि विमलको प्रेम सम्बन्ध अहिले सामाजिक सञ्जालमा चर्चामा छ । सामाजिक सञ्जालमा एउटा फोटो पोस्ट राखेर विमलले लीना प्रधानलाई मेन्सन गर्दै ‘मिस यू’ लेखेका छन् ।
लीनाले आफ्नो फेसबुक खातामा ‘रिलेसनसिप विथ विमल घर्तिमगर’ राखेकी छिन् । यता विमलले फेसबुकको उक्त पोस्ट इन्स्टाग्रममा पनि राखेका छन् । जसलाई लिनाले सेयर गरेकी छिन् । लीना माल्दिभ्समा बस्दै आइरहेको उनको इन्स्टाग्राम पोस्टमा प्रष्ट देखिन्छ । कतारमा लामो सयमको उपचारपछि बिमल गत असोजमा स्वेश फर्किएका थिए । दाहिने घुँडामा गम्भिर चोट लागेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमलको उपचार कतारमा गर्ने ब्यउावस्था मिलाएको थियो ।
बिमल उपचारका लागि गत माघ ३ गते कतारको दोहा गएका थिए । उनी कतारस्थित एस्पेटारमा विशेष ओर्थोपेडिक र खेलकुद चिकित्सालय अस्पतालमा उपचारपछि नेपाल फर्किएका हुन् । फरवार्ड बिमलले गत सिजनको लिग मच्छिन्द्रबाटै खेलेपनि सबै खेल भने खेलेका थिएनन । बिमललाई नेपाली फुटबलमा एक निक्कै आशा गरिएको फुटबल खेलाडीको रुपमा हेर्ने गरिन्छ ।




