म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ । सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२५१ नम्बरको बोलेरो जीप घाव्पा औल स्थित घुम्तीमा दुर्घटना भएको स्थानीय ओमकुमारी फगामीले जानकारी दिइन् । जीपमा चालक सहित ८ जना सवार थिए ।
आठ जना मध्य ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । ज्यान गुमाउनेमा खिमनाथ शर्मा, खिमु पुन र वडा सदस्य गौमाया विक रहेका छन् । घाइतेमा हुनेमा स्थानीय बलबहादुर बिक, ज्ञानु शेरपुर्जा, मनोज पुन, दुतबहादुर थापा (चालक) र बिसुन फगामी रहेका छन् । अन्यको भने उद्धार गरी बेनी अस्पताल ल्याइएको छ ।
यता जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सुचना अधिकारी विरेन्द्र राज गुरुङका अनुसार साँझ करिब ५ बजेको समयमा दुर्घटना भएको हो । जीप सडकदेखी करिब दुई सय मिटर तल खसेको थियो ।






