काठमाडौं । जर्मनीको Morlenbach मा 29th International Odenwald Trophy सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न राष्ट्रहरुका खेलाडीहरु सहभागीता जनाएकोमा नेपाली टिमका खेलाडीहरुले पनि सहभागिता जनाएका थिए ।
उक्त खेलमा नेपालको तर्फदेखि विभिन्न बिधा र क्याटेगेरीमा खेलाडीहरुले सहभागिता जनाएका थिए । नेपाली टिमको मेनेजर अनुप सिहं खड्का रहनु भएको थियो भने ३ खेलाडीले पदक जित्न सफल भएका छन् ।
नेपाली खेलाडीहरु दिगम्बर प्रसाद पन्त, रोहित बुढाथोकी र सुशील पौडेलले पदक जितेका हुन् । अन्तर्राष्ट्रिय तहको उक्त कराते प्रतियोगितामा दिगम्बर प्रसाद पन्त र रोहित बुढाथोकीले रजत पदक जितेका हुन् भने सुशील पौडेलले कास्य पदक हात पारे ।
प्रतियोगितामा रजत पदक जित्न सफल पन्तले पहिलो राउण्डमा जर्मनीका खेलाडीसँग ४-१ को जित, दोस्रो राउण्डमा जर्मनीकै खेलाडीलाई ५-० ले हराउँदा तेस्रो राउण्डमा जर्मनीका खेलाडीसँग ४-२ ले पराजित हुन पुगेका थिए ।
त्यस्तै सुशील पौडेलले पहिलो राउण्डमा जर्मनीका खेलाडीलाई ३-१, दोस्रोमा जर्मनीकै खेलाडीलाई ४-२ ले पराजित गर्दा तेस्रो खेलमा फान्सका खेलाडीसँग ४-२ ले पराजित हुन पुगेका थिए । फान्सका खेलाडीसँग पराजित भएसँगै उनी रजत पदकमा चित्त बुझाउन बाध्य बने ।
त्यसैगरी सहभागी रोहित बुढाथोकीले पहिलो खेलमा जर्मनीका खेलाडीलाई ४-० र दोस्रो खेलमा जर्मनीकै खेलाडीलाई ३-१ ले हराउँदा फान्सका खेलाडीसँग २-१ ले पराजित हुन पुगेका थिए । प्रतियोगिता डिसेम्बर ११ र १२ मा भएको हो ।




