एजेन्सी । ठूला चार क्लब च्याम्पियन्स लिगको क्वार्टरफाइनलमै भिड्ने भएका छन् । शुक्रबार सार्वजिनक ड् रअनुसार गत सिजनको फाइनलिस्ट बार्यन म्युनिख र पिएसजी तथा रियल मड्रिड र लिभरपुल अन्तिम ८ मै भिड्ने भएका छन् ।
यस्तै दुई इंग्लिस क्लब चेल्सी र म्याचेस्टर सिटीले भने सहज प्रतिद्वन्द्वी पाएका छन् । चेल्सीले पोर्चुगिज क्लब एफसी पोर्टोलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ भने सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डसँग खेल्ने छ ।
च्याम्पियन्स लिगको अन्तिम ८ को पहिलो लेग अप्रिल ६ मा हुनेछ भने दोस्रो लेग १३ अप्रिलमा हुनेछ । यो पटक क्वार्टरफाइनलका सबै खेल अघिल्ला सिजनको भन्दा १ घण्टा छिटो ११:४५ बजे सुरु हुने छ ।
अप्रिल ६ मा पिएसजीले बार्यनको भ्रमण गर्नेछ भने लिभरपुल मड्रिड भ्रमणमा निस्कनेछ । यस्तै डर्टमन्डले म्यान्चेस्टर भ्रमण गर्दा चेल्सीले पोर्टोको भ्रमण गर्ने छ । यस्तै सेमिफाइलनको पहिलो लेग अप्रिल १७ र दोस्रो लेग मार्च ४ मा हुने छ । फाइनल २९ मेमा हुनेछ ।






