एजेन्सी । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४ जना संक्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारी अनुसार, अघिल्लो दिनको तुलनामा ९ हजार ५५० कम संक्रमित भएका हुन् ।
अघिल्लो दिन तीन लाख ४७ हजार २५४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । दैनिक संक्रमितको संख्या घटेपनि संक्रमित अवस्थामै रहेकाको कुल संख्या भने बढीरहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले २१ लाख १३ हजार ३६५ संक्रमित अवस्थामै रहेका छन् ।
सोही अवधिमा संक्रमणमुक्त भएकाको कुल संख्या भने दुई लाख ४२ हजार ६७६ रहेको मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या तीन करोड ६३ लाख एक हजार ४८२ पुगेको अधिकारीले जानकारी दिएका छन् ।
भारतमा अहिलेसम्म चार लाख ८८ हजार ८८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ती मध्ये पछिल्लो २४ घण्टामा ४८८ को मृत्यु भएको छ ।




