काठमाडौं । किस्पाङ गाउँपालिका–३ किर्नेबेगरमा बस दुर्घटना भएको छ । बसमा सवारमध्ये ६ जना यात्रु गम्भीर घाइते भएका छन् । वाग्मती प्रदेश ३०१००६ ख १५४१ नम्बरक टिमुरे यातायात समितिले यात्रुबाहक बस किस्पाङ १ भाल्चेबाट त्रिशूली हुँदै काठमाडौं जाने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
बसमा सवार आधा दर्जन यात्रु गम्भीर घाइते भइ थप उपचारको लागि काठमाडौं पठाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डिएसपी रुपक खड्काले जानकारी दिए । घाइतेहरुको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ ।
बस सडकबाट करिब ६० फिट तल खसेको थियो । घाइतेको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जबरजंग गणका सेना, स्थानीयवासी खटिएका थिए । बसमा कति सवार थिए भन्ने यकिन जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




