एजेन्सी । खेल हुनुभन्दा पहिले रमीज राजाले पाकिस्तानका कप्तान बाबर आजमलाई सोधे कि पाकिस्तानको ब्याटिङमा फखर जमानलाई किन ओपनरका रुपमा खेल्न नलिएको ? तर खेलको १८ औं ओभरमा आजम र मोहम्मद रिजवानले राम्रो उत्तर दिएका छन् ।
पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्द सेन्चुरियनमा तेस्रो टी-२० मा २०४ रनको लक्ष्य १ विकेट गुमाउँदै पूरा गरेको छ । आजमले पहिलो टी-२० शर्तक जम्मा ४९ बलमा बनाए । उनले दुई दिन अघि ५० बलमा ५० रन बनाउँदा उनको खुब आलोचना भएको थियो ।
आज कप्तान आजमले ५९ बलमा १२२ रनको उत्कृष्ट ङनिङ खेले । विकेट किपर रिजवानसँग उनको जोडी एकदमै राम्रो देखिएको थियो । रिजवानले ४७ बल खेल्दै ५ चौका र २ छक्काको मदतमा ७३ रन बनाउँदै नटआउट रहे ।
त्यस्तै, पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका कप्तान बाबर आजमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको कीर्तिमान तोडेका छन् । बाबरले टि-२० आईमा लक्ष्य पछ्याउँदा कप्तानले बनाएको सर्वाधिक रनको कीर्तिमान तोडेका हुन् ।
गत वर्ष सिंगापुरसँग पारस खड्काले लक्ष्य पछ्याउने क्रममा १ सय ६ रनको अविजित इनिङ खेलेका थिए । जस क्रममा पारस टि-२० आई मा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने पहिलो कप्तान बनेका थिए ।
पारस उक्त खेलमा १ सय ५२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रनमा अविजित रहेका थिए । बाबरले टि-२० आईमा लक्ष्य पछ्याउँदा कप्तानको सर्वाधिक कीर्तिमान तोडेका हुन् ।
बाबरले बुधबार मात्र ओडिआई वरियतामा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले ४१ महिनादेखिको एकछत्र राज तोड्दै शीर्ष स्थानमा उक्लिएका थिए ।






