काठमाडौं । शनिबार र आइतबार ललितपुरका चार अस्पतालमा कोरोनाको नि:शुल्क खोप लगाउन पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले सर्वसाधारणलाई यसरी खोप दिने व्यवस्था मिलाएको हो ।
यी अस्पतालले चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप पहिलो चरणमा सर्वसाधारणलाई लगाइदिन लागेको हो । बढीभन्दा बढी सर्वसाधारणलाई खोप सेवा दिनका लागि निजी अस्पतालमा सेवा विस्तार गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
ललितपुरको अल्का, सुमेरू, मेडिसिटी र निदान अस्पतालमा शनिबार र आइतबार खोप सेवा उपलब्ध हुनेछ । १८ वर्ष पुगेका र ४९ वर्ष ननाघेका नागरिकहरूले यी अस्पतालमा गएर खोप सेवा लिन सक्नेछन् । सर्वसाधारणले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सक्नेछन् ।






