एजेन्सी । भारतिय कंग्रेस नेता राहुल गान्धीलाई चार वर्ष पुरानो आपराधिक मानहानि मुद्दामा सुरतको एक अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । तर, उनले तत्काल जमानत पनि पाएको बिबिसीले जनाएको छ ।
अदालतले राहुल गान्धीलाई सजायको विरुद्ध उच्च अदालतमा अपील गर्न ३० दिनको समय दिएको छ । याचिकाकर्ताका वकिलले अदालतमा राहुल गान्धीलाई अधिकतम सजायको माग गरेका थिए ।
सन् २०१९ को यो मामिला उनको ‘मोदी उपनाम’को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ । मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहिबार सुरत अदालतमा उपस्थित थिए ।
राहुल गान्धीका वकिलहरूको टोलीले सुनुवाइको क्रममा राहुल गान्धीले आफ्नो बयानबाट कुनै समुदायलाई चोट पुर्याउन नचाहेको बताएको बताए । राहुलले कथित रूपमा बयान दिएका थिए, ‘सबै चोरहरूको उपनाम मोदी कसरी हुन्छ ?’




