एजेन्सी । भारतको दिल्लीका कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री एके वालियाको कोरोना संक्रमणका कारण निधन भएको छ । ७२ वर्षीय वालियाको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारकै क्रममा बिहीबार राति निधन भएको हाे ।
वालियालाई तीन दिनअघि काेराेना संक्रमण पुष्टि भएको थियो । दिल्ली कांग्रेसका अध्यक्ष अनिल कुमारले वालियाको निधनमा दुःख व्यक्त गरेका छन् ।






