काठमाडौं । नुवाकोटको त्रिशुली अस्पतालको कोरोना ल्याबमा ६४ जनाको पीसीआर परीक्षण गर्दा ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
त्रिशुली अस्पतालमै लिइएका ४६ स्वाबमध्ये ४५ जना, कालिका गाउँपालिका रसुवाका १४ स्वाब मध्ये १३ जना, निलकण्ठ नगरपालिका धादिङका ३ मध्ये ३ जना र गल्छी गाउँपालिका धादिङका १ मध्ये १ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, त्रिशुली अस्पतालका पाँच जना चिकित्सक सहित ८ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । अस्पतालमा हाल १० जना कोरोना संक्रमितले उपचार भइरहेको छ भने ३ जना आइसीयूमा रहेका छन् ।






