काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र आफूलाई सामाजिक अभियन्ता बताउने तारा बरालले बिहे गर्ने सहमति गरेका छन् । चन्दको डिर्भोस भएको थियो भने बराल एकल महिला हुन् । उनीहरूले बिहे गर्ने सहमति गर्दै कागजपत्र पनि गरेका छन् ।
यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो । केहिदिन अघि उनीहरूको सम्बन्धको बारेमा टिप्पणी गर्दै उनीहरूलाई पछ्याउँदै जाँदा एक युट्युबरले कुटाइसमेत खाएका थिए । त्यसपछि उनीहरू कानुनी रुपमै बिबाह बन्धनमा बाँधिने निर्णय गरेका छन् ।




