सिरहा । सिरहाको एक विद्यालयमा प्रधानाध्यापक विद्यालयमै झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको गोलबजार नगरपालिका ३ स्थित सरस्वती माध्यमीक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक संजिवकुमार साह आज आइतबार विद्यालयमै पासो लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बिहानै विद्यालय पुगेका प्रधानाध्यपक साह कार्यालय सहयोगीलाई मोबाइलको रिचार्ज कार्ड किन्न पठाएर आफू भवनको माथि जान गेटको साँचो मागेका थिए । रिचार्ज कार्ड किनेर आएपछि साहलाई खोजी गर्दा नभेटेपछि कतै गएको होला भन्ने ठानेर खोजी नगरेको तथा लामो समय भईसकेपछि पनि साह नआएपछि खोज्दै गर्दा आफ्नै विद्यालयको तेस्रो तल्लाको सभाहलमा सलले पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।
प्रधानाध्यापकलाई त्यस्तो अवस्थामा देखेपछि शिक्षकहरुले प्रहरीलाई खबर गरेको थिए । घटना शंकास्पद भएको भन्दै परिवारले पासो काट्न दिएका छैनन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




