रौतहट । रौतहटको बिर्तामा अवस्थित एक हस्पिटलको लापरवाहीका कारण एक महिलाको मृत्यु भएपछि स्थानियले विरोध गरेका छन् । रौतहटको गरुडा नगरपालिका अर्न्तगत पर्ने बिर्तामा सञ्चालनमा रहेको इमर्जेन्सि जनसेवा हस्पिटलको चरम लापरवाहीका कारण एक महिलाको ज्यान गएको पिडितको आरोप छ ।
अप्रेसन गराउन चन्द्रपुर नगरपालिकाको वडा नम्बर ७ बनबोहरीका इब्राहिम सिद्धिकिका ३० वर्षिय श्रीमति नुर्जहान खातुनको गएराति ज्यान गएको थियो । सो घटना पश्चात हस्पिटलका सञ्चालक अस्पताल नै बन्द गरेर फरार भएकोले पिडित परिवार आक्रोसित भएका हुन् ।
आक्रोशित पिडित र स्थानियले अस्पतालका सञ्चालक र उपचारमा संलग्न डाक्टरलाई पक्राउ गरि कारवाहीको माग गर्दै सो अस्पताल अगाडी गौर चन्द्रपुर सडकमा विरोध प्रदर्शन समेत गरेका छन् ।




