सर्लाही । प्रहरीले २५ केजी गाँजासहित सर्लाहीको हरिपुरबाट एक जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो हरिपुर नगरपालिका ४ फरहदवास्थित एक घरमा छापा मारेर प्रहरीले उक्त परिमाणको गाँजासहित २८ वर्षीया रुन्चीदेवी महतोलाई नियन्त्रणमा लिएको हो ।
स्थानीय जयनाथ महतोको घरमा लागूऔषध लुकाएर राखिएको भन्ने सूचना पाएर गएको प्रहरीले खाटमुनी लुकाएको अवस्थामा महतोकी कान्छी श्रीमती रुन्चीदेवीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी महिलालाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका सूचना अधिकारी (डीएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।




