सिरहा । सिरहा जिल्लाको लहान नगरपालिका १९ छारापट्टी बस्ने २८ वर्षीय जितेन्द्र महतोको करेन्ट लागेर मृत्यु भएको छ । विद्युत् सर्ट भई करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
सुखिपुर नगरपालिका ८ महलिया बस्ने चन्द्र शेखर साहको छोरीको विवाहमा टेन्ट हाउसको तार जोड्ने क्रममा विद्युत् सर्ट भई करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको निधन भएको हो ।
उनको उपचारको क्रममा आरके मेडिसिटी मुसहरनिया अस्पतालमा मृत्यु भएको हो । उनको मृत्यु सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




