सिरहा । सिरहा नगरपालिका २ बस्ने ५७ वर्षीय श्याम प्रसाद गुप्ताको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । कलमा जडान भएको पानी तान्ने मोटरबाट करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।
आफ्नै घरको छतको सिँढी चढ्ने क्रममा अचानक लडेर कलमा जडान भएको पानी तान्ने मोटरबाट करेन्ट लाग्दा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ छ ।




