धनुषा । धनुषाको लक्ष्मिनिया गाउँपालिका ३ गजरियास्थित पोखरीमा नुहाउने क्रममा डुबेर २ बालिकाको निधन भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने संतोष साहकी छोरी ८ वर्षीया अंजलि कुमारी साह रहेकी छन् ।
यस्तै सोही ठाउँस्थित मामा घरमा बस्दै आएकी सर्लाही बागमती नगरपालिका शंकरपुर घर भएका शम्भु यादवकी छोरी ९ वर्षीया चंचला कुमारीको बुधबार दिउँसो मृत्यु भएको हो ।




