धनुषा । जनकपुर उपमहानगरपालिका १० स्थित अरगजा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । भारत झारखण्ड घर भएका ४० वर्षीय मनोज कर्णको शनिबार दिउँसो मृत्यु भएको छ ।
आदित आइस ट्रेडर्समा काम गर्दै आएका मनोज नुहाउन भनी पोखरीमा पसेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।




